राजनीति

प्रदीप गिरी बिपी पछिकै ठूलो समाजवादी चिन्तकः सभापति देउवा

फाइल तस्बिर

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरी बिपी कोईरालापछिको ठूलो समाजवादी चिन्तक भएको बताएका छन्।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा स्व. गिरीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीप गिरीकै नाम आउने बताए। सभापति देउवाले स्व. गिरीका बाँकी कृति र लेखहरु भए प्रकाशित गर्न पार्टीले सहयोग गर्ने बताए। उनले स्व. गिरीका लेखबाट सिंगो पार्टी नै लाभान्वित हुने बताए।

उनले भने, ‘समाजवादी चिन्तकको रुपमा बिपी कोईरालापछि कसैको नाम लिने हो भने प्रदीपजीकै नाम लिनुपर्ने हुन्छ। उहाँ धेरै ठूलो विद्वान हो, बिपी पछिको ठूलो समाजवादी चिन्तक हो। उहाँका कृतिहरु छन् भने प्रकाशन गर्नुपर्छ, पार्टीले पनि सहयोग गर्नेछ। उहाँ कहिल्यै नथाक्ने व्यक्तिको रुपमा लिएको छु। उहाँका लेख, कृतिहरु पार्टीले प्रकाशित गर्नुपर्छ । त्यसबाट हाम्रो सिंगो पार्टी लाभान्वित हुनेछ।’

प्रकाशित: ४ भाद्र २०८० ०६:४८ सोमबार

शेरबहादुर देउवा स्व. प्रदीप गिरी