राजनीति

समाजवादी मोर्चाले सातवटै प्रदेशमा मोर्चा बनाउने

फाइल तस्बिर

समाजवादी मोर्चाले सातवटै प्रदेशमा मोर्चा निर्माण र सभा गर्ने भएको छ।

आज विहान बसेको मोर्चाको बैठकले सातवटै प्रदेशमा मोर्चा निर्माण र सभा गर्ने निर्णय गरेको हो।

भदौं ८ गते वीरगञ्जमा, भदौं १२ गते बुटवलमा र भदौं १३ गते धनगढीमा सभाको आयोजना हुने छ। त्यस्तै भदौं १४ गते सुर्खेतमा, भदौं १५ गते पोखरामा, भदौं २३ गते हेटौंडा र भदौं २५ गते विराटनगरमा सभाको आयोजना गरिने छ।  

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए। मोर्चाको बैठकपछि नेता प्रमेश हमालले प्रदेश सभासँगै मोर्चा गठन पनि गर्ने जानकारी दिए।

प्रकाशित: ४ भाद्र २०८० ०४:०७ सोमबार

समाजवादी मोर्चा