राजनीति

काँग्रेस मजबुत नभए प्रणालीमाथि नै प्रश्न उठ्छ: नेता सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै सङ्कटमा पर्ने बताएका छन्।

आज काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १, क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।उनले २०४६ को परिवर्तन आएकोमा खुसी नभएका तत्त्वहरू अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काँग्रेस मजबुत भए मात्रै लोकतन्त्र बलियो हुने बताए। नेता सिंहले पार्टीलाई विधि अनुसार चलाउन अघि बढ्नुपर्ने बताए। 

उनले काँग्रेसको संगठन पनि राम्रो र बलियो बनाउँदै राजनीतिक हिसावले दिन सक्ने सकारात्मक म्यासेज नागरिकहरूमा बाँड्नुपर्ने बताए।नेता सिंहले काँग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे। उनले काँग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए। 

प्रकाशित: २ भाद्र २०८० ०८:३७ शनिबार

प्रकाशमान सिंह नेपाली काँग्रेस काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १