राजनीति

सुन तस्करी सामान्य हेलचेक्र्याँइले भएको होइन, ठूलै मान्छेको संलग्नता छः कानूनमन्त्री गुरुङ

फाइल तस्बिर

कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन्।

शुक्रबार नेपाल निजामति कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा कानूनमन्त्री गुरुङले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताएका हुन्।

उनले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए। गुरुङले सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको बताए। बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताए। उनले भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने बताए।

मन्त्री गुरुङले भने,‘ मुलुकलार्ई सुशासन स्थापीत गरेर अघि बढाउन प्रतिवद्ध छौं। सरकारको मिसन सुशासन कायम गर्ने हो। यो मुलुकमा सुशासन स्थापना गर्न र भ्रष्टाचारमुक्त बनाउनका लागि टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्नेकुरामा हामी प्रष्ट हुनु आवश्यक छ। जसले टिप्पणी उठाउँछ, तीनका हातहरुमा हत्कडी लगाउने र फेरी टिप्पणी उठाउन आदेश दिनेहरुलाई तिनै टिप्पणी उठाउनेहरुको हातमा हत्कडी लगाउनेहरुलाई हत्कडी लगाउने हातले फेरि आदेश दिनेहरुलार्ई सलाम ठोक्ने प्रवृत्तीको अन्त्य खोज्नुपर्छ। सरकारको नीति तथा कार्यक्रममा पनि प्रष्ट लेख्यौँ, उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्र्छ भनेर त्यसै लेखेको होइन। देखाउनका लागि लेखेको होइन। यो कुनै हात्तीको दाँत होर्ईन। यो कार्यान्वयन नै गर्र्ने हो। त्यसकारण उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ अब सरकार अघि बढ्छ।’

उनले सुन तस्करीलाई सामान्य हेलचेक्र्याँइका रुपमा हेर्न नहुने बताए। सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गरे।  

प्रकाशित: १ भाद्र २०८० ०९:१४ शुक्रबार

कानून न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुरुङ सुन तस्करी