राजनीति

ओली भेट्न च्यासल पुगे भीम रावल

नेकपा (एमाले) का नेता भीम रावल पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेका छन्।

लामो समयदेखि पार्टीका गतिविधिमा निष्क्रिय रहँदै आएका रावल मंगलबार दिउँसो ओली भेट्न एमाले मुख्यालय च्यासल पुगेका हुन्।

अहिले ओली र रावलबीच च्यासलमा छलफल भइरहेको बताइएको छ।  

प्रकाशित: ३० श्रावण २०८० ११:१८ मंगलबार

भीम रावल केपी शर्मा ओली