राजनीति

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास: मोहनविक्रम सिंह

बुटवल—नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा बढ्दै गएको बताएका छन्।

अर्धभूमिगत नेकपा (मसाल)को पाँचौँ राष्ट्रिय भेलाले गरेका निर्णय सार्वजनिक गर्न नेता सिंहले आज जारी गरेको विज्ञप्तिमा उनले राष्ट्रियताको विषयमा चिन्ता गरेका हुन्। भारतीय पक्षको योजनाअनुसार नै संविधानमा संशोधन गर्न लागिएको नेता सिंहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संसद्मा प्रस्ताव गरिएको संविधानको दोस्रो संशोधन विधेयकका विरुद्व एकताबद्व हुनुपर्नेमा जोड दिँदै आफ्नो पार्टी संविधान संशोधनको विपक्षमा रहेको स्पष्ट पारेका छन्। उनले एकै पटकमा हुनुपर्ने स्थानीय तहको निर्वाचन चरणबद्ध रूपमा गर्ने कार्य आपत्तिजनक भएको समेत बताएका छन्।

प्रकाशित: १० श्रावण २०७४ १४:०६ मंगलबार

भारतको योजनाअनुसार संविधान संशोधन प्रयास मोहनविक्रम सिंह