राजनीति

राहुल महरा भन्छन्: कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न हुँदैन

सुन तस्करी प्रकरणमा नाम मुछिएका राहुल महराले कोही व्यक्तिसँग सम्पर्क हुँदैमा अपराधमा संलग्न नहुँने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत महराले  कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भन्नु गलत भएको बताएका हुन्।

'सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबरजस्ती पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो। संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ, उनले लेखेका छन, हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा, केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।'

उनले अनुसन्धानमा पूर्ण रुपमा सहयोग गर्ने र प्रमाणित देखिए कानुन बमोजिम भागिदार पनि हुने बताएका छन्। 

प्रकाशित: २९ श्रावण २०८० ०७:४८ सोमबार

सुन तस्करी प्रकरण राहुल महरा