राजनीति

नेकपा एकीकृत समाजवादीका ३६ नेता एमाले प्रवेश

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका विभिन्न पदमा रहेका ३६ जनाले सामूहिक राजीनामा बुझाएर नेकपा एमालेमा प्रवेश गरेका छन्।

शनीबार नेकपा एकीकृत समाजवादी परित्याग गरी आइतबार उनीहरु नेकपा एमाले प्रवेश गरेका हुन्।

पार्टीको जिल्ला तहमा रहेर काम गरेका उनीहरुले तप्काका व्यक्तिहरूसँगको बृहत् छलफल पछि सबै जिम्मेवारीबाट साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्। 

नेकपा एसबाट अलग भई नेकपा एमालेमा प्रवेश गर्नेहरुमा पार्टी निकटको युवा संघ अनुशासन आयोगका अध्यक्ष एवम् भक्तपुर जिल्ला सचिवालय सदस्य दिपक थापा, युवा संघ केन्द्रीय सचिवालय सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज तेजबहादुर श्रेष्ठ, युवा संघ केन्द्रीय सचिवालय सदस्य युवराज खड्का लगायत ३६ जना नेता तथा कार्यकर्ताहरू छन्।

यसअघि नेकपा एसकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधरले पनि नेकपा एस परित्याग गरी एमालेमा प्रवेश गरेकी थिइन्।

शनिबार बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनी पार्टी प्रवेश गरेकी हुन्। ललितपुर निवासी तुलाधर नेकपा एस स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बनेकी थिइन्।

प्रकाशित: २८ श्रावण २०८० १४:५५ आइतबार