राजनीति

ओली भन्छन: ‘सुन तस्करी’ फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो छ

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा फलामको कराईमा पकाएको मासको दाल जस्तै कालो रहेको व्यङग्य गरेका छन्।

पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारकै संलग्नतामा सुन तस्करी भएको दाबी गरेका छन्।

‘मासको दाल। फलामको कराईमा पकाएको कालो हँुदैन। हो, त्यस्तै कालो छ यसमा’, उनले आइतबारको पत्रकार सम्मेलनमा भने। अध्यक्ष ओलीले कालो नहुदो हो भने सरकारले किन उच्च स्तरीय छानिबिन समिति बनाउन नसकेको भन्दै प्रश्न गरेका छन्।

‘यो महातस्करी  काण्ड हो, सहर्ष तस्करी काण्ड हो, सिंगरेट पनि आएको छ। खुट्टामा हान्ने ब्रसुबाट पनि आएको छ। पानी तान्ने मोटरबाट पनि आएको छ। जेतिरबाट आएको छ।’, उनले भने।

प्रकाशित: २८ श्रावण २०८० ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App