राजनीति

दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन

काठमाडौं—सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय आयोग गठन गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। सरकारले जति सक्दो चाँडो कार्य सम्पादन गर्नका लागि आयोगलाई २१ दिनको समय दिएको छ। निर्वाचन सम्पन्न गर्नका निमित्त संवैधानिक व्यवस्थानुसार आयोग गठन गरिएको हो।

आयोगका सदस्यमा माधव अधिकारी, डा.विश्वकल्याण पराजुली र गणेशराज कार्की तथा सदस्य सचिवमा योगेन्द्र शर्मा पौडेल रहेका छन्। बैठकले मुख्यसचिव डा.सोमलाल सुवेदीले दिएको राजीनामा स्वीकृत गर्नाका साथै अतिरिक्त दरबन्दीमा राखिएको उनको पदलाई खारेज गरेको छ।

सरकारले भूकम्पबाट प्रभावित संरचना पुनःनिर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनसम्बन्धी दोस्रो संशोधन कार्यविधि, २०७४ स्वीकृत गरेको छ। साथै राष्ट्रिय जनता पार्टीले राखेका मागको बारेमा समेत छलफल भएको मन्त्री कार्कीले जानकारी दिए। रासस

प्रकाशित: ५ श्रावण २०७४ १४:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App