राजनीति

सांसद सुनील शर्मालाई थुनामा नराख्न जिल्ला अदालतको आदेश

फाइल तस्बिर

जिल्ला अदालत काठमाडौँले सांसद डा.सुनील शर्मालाई थुनामा नराख्न आदेश दिएको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार जिल्ला अदालत काठमाडौँले थुनामा नराख्न आदेश दिएको हो।

शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न भनिएको छ। सीआइबीले शर्मालाई  बिहीबार पक्राउ गरेको थियो।

प्रकाशित: २६ श्रावण २०८० १२:३९ शुक्रबार

डा.सुनील शर्मा