राजनीति

कोशी प्रदेशको स्वस्थ्यमन्त्रीमा निर्मला लिम्बू नियुक्त

पद तथा गोपनीयताको शपथ लिँदै निर्मला लिम्बू। तस्बिर: चुमन बस्नेत

कोशी प्रदेशको स्वास्थ्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) को प्रदेशसभा सदस्य निर्मला लिम्बू नियुक्त भएकी छिन्।

शुक्रबार लिम्बूलाई प्रदेश प्रमुख पशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

निर्मला लिम्बू जनता समाजवादी पार्टीको संसदिय दलको नेता समेत हुन्।

प्रकाशित: २६ श्रावण २०८० १०:५४ शुक्रबार

कोशी प्रदेश निर्मला लिम्बू