राजनीति

एमाले भन्छः गृहमन्त्रीकाे जवाफ चित्त नबुझे संसद् अवराेध गर्छाैं

केही दिन देखि अवरूद्ध संसद् बैठक आज बस्दै छ। आजको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोल्ने बताइएको छ। बालुवटारमा बसेकाे बैठकमा गृहमन्त्रीलाइ संसद्मा बोल्न दिन एमाले तयार भएकाे हाे।   

बैठकपछि नागरिक न्यूजसँग बोल्दै एमाले सचेतक महेश बर्तौलाले गृहमन्त्रीको भनाइ सुन्ने बताए। 'आज गृहमन्त्रीले बोल्ने भनिएको छ।  हामी गृहमन्त्रीका कुरा सुन्छौं तर चित्त नबुझे संसद् अवरोध कायमै राख्छौं' उनले भने। 

आज बालुवाटारमा बसेकाे बैठकमा एमालेले छानबिन समिति बनाउनु पर्ने अडान कायम राखेकाे थियाे। तर सरकार पनि आफ्नाे अडानमा बस्दै छानबिन समिति बनाउन तयार नभएकाे सचेतक बर्ताैलाले बताए। उनले भने, 'हाम्रो माग भनेको सुन तस्करीमा उच्च स्तरीय छानबिन  बनाउनु पर्छ भन्ने हो तर सरकार आफ्नै अडानमा छ। आफ्ना मान्छे पर्ने देखिएपछि सरकार पछि हटेको देखिन्छ।' आज बसेको बैठक निष्कर्षविहिन भएको बर्तौलाले बताए।  

प्रकाशित: २३ श्रावण २०८० ०८:१५ मंगलबार