राजनीति

सभामुखसहित शीर्ष नेताको बैठक निष्कर्षविहिन,संसद बैठक ४ बजेलाई सर्‍यो

संसदकाे अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको बैठक बिना निष्कर्ष  सकिएको छ।

सिंहदरबारमा भएको छलफलमा कुनै सहमति हुन नसकेपछि पुनः साढे तीन बजे अर्को बैठक बस्ने भएको हो। शीर्ष नेताको बैठकमा सहमती हुन नसकेपछि प्रतिनिधिसभाको बैठक पनि सरेको छ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्को बैठक भने ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगन हुने जानकारी दिए। आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

प्रकाशित: २२ श्रावण २०८० ०९:१३ सोमबार

प्रतिनिधिसभाको बैठक