राजनीति

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

संसदको अवरोध हटाउन सभामुख देवराज घिमिरेले शीर्ष नेतासँग छलफल गरिरहेका छन्।

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

साउन १० को प्रतिनिधिसभाको बैठकमा एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै बैठक अवरुद्ध गरेको थियो। एमालेको अडानका कारण त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।

प्रकाशित: २२ श्रावण २०८० ०६:५९ सोमबार

सभामुख देवराज घिमिरे शेरबहादुर देउवा ‘संसद् अवरोध केपी शर्मा ओली पुष्पकमल दाहाल