राजनीति

हामी एक ढिक्का भएका छौं, अब माओवादी फेरि जाग्ने छ: प्रधानमन्त्री दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब फेरि माओवादी जाग्ने बताएका छन्।

आइतबार केन्द्रीय समितिको बैठक समापन गर्दै दाहालले आफूहरू एक ढिक्का भएको र अब फेरि माओवादी जाग्ने बताएका हुन्।

उनले भने, 'हामी ढिक्का भएका छौं। हामी अब कुनै पनि खालको विधि पद्धती भन्दा बाहिर जाने छैनौं। पार्टीको मुख्य नेतृत्वको वरिपरी गोलवद्ध भएर जनतासंग सम्बन्ध कायम गरी अहिले सरकारले थालेका राम्रा कामहरु जनतासंग स्थापीत गर्दै  परिवर्तनको स्वामीत्व लिनछौं। विचार र हामी भावनात्मक रुपमा पनि एकवद्ध भएका छौं। अब माओवादी केन्द्र फेरि जाग्ने छ।' 

उनले माओवादीले अब देशको नेतृत्व लिने गरी फेरि अघि बढ्ने पनि बताए। 

प्रकाशित: २१ श्रावण २०८० १०:५४ आइतबार

पुष्पकमल दाहाल