राजनीति

माओवादी पदाधिकारीको जिम्मेवारी हेरफेर

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको पार्टीका उपाध्यक्ष तथा प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए।

जस अनुसार उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ।

अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ। यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ।

उपमहासचिव जनार्दन शर्मालाई बागमती प्रदेश इन्चार्ज र वर्षमान पुनलाई विशेष प्रदेश इन्चार्जको जिम्मा दिइएको छ।

सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

प्रकाशित: २१ श्रावण २०८० ०९:३६ आइतबार

नेकपा माओवादी केन्द्र