राजनीति

सरकारले ईपीजीको विषयमा प्रस्ट पार्न सक्नुपर्छ: पूर्व परराष्ट्र मन्त्री ज्ञवाली

फाइल तस्बिर

एमालेका नेता एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ईपीजीको विषयमा सरकारले प्रस्ट पार्न सक्नुपर्ने बताएका छन्।

आज टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘छिमेकी सम्बन्ध र ईपीजी प्रतिवेदन विषयक संवाद कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन।

उनले सरकारले धारणा प्रस्ट बनाउन कति समय लाग्ने हो भन्ने कुरा तोकेर भन्न सक्नुपर्ने बताए। उनले नेपाल–भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि ईपीजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले नेपाल–भारतको बीचको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराको आधार ईपीजीको प्रतिवेदनले दिएको धारणा राखे।

उनले सन् १९५० को सन्धी, सीमा समस्याहरूमा वर्तमान सरकार दोषी नभए पनि समस्या समाधान गर्न सक्नुपर्ने बताए। 

प्रकाशित: १९ श्रावण २०८० १४:२८ शुक्रबार

टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठान ईपीजी प्रदीप ज्ञवाली पूर्व परराष्ट्र मन्त्री