राजनीति

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिए

माओवादीका केन्द्रीय समितिमा २२ जना महिला थपिएका छन।

अध्यक्ष पुष्पकमल दाहालले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेसंगै माओवादीले केन्द्रीय समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना थपेको हो।

केन्द्रीय समितिमा थपिएका २२  जना महिलाहरु आजदेखि केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्।

यस अघि  माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना थिए। २२ जना महिला थप गरेपछि माओवादी केन्द्रको केन्द्रीय समितिमा  ४०७ सदस्यीय हुनेछ।

प्रकाशित: १९ श्रावण २०८० १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App