राजनीति

संवैधानिक परिषद्को बैठक जारी

फाइल तस्बिर

संवैधानिक परिषदको बैठक अहिले बसिरहेको छ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक बसेको हो।

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन। परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ।

प्रकाशित: १८ श्रावण २०८० १२:१४ बिहीबार

संवैधानिक परिषद