राजनीति

गोलाप्रथाबाट कमल गाउँपालिकामा एमालेकी काफ्ले विजयी

झापा- झापाको कमल गाउँपालिकाको प्रमुखमा मेनुका काफ्ले विजयी भएकी छन्। नेपाली कांग्रेसका उम्मेदवार हुकुम सिंह राई र काफ्लेको बराबर मत आएपछि गोला तान्दा काफ्ले विजयी भएकी हुन्। उनीहरुको ८२७५ समान मत थियो।

यस्तै उपप्रमुखमा एमालेकै वेणु सिवाकोटी विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवारलाई हराएका हुन्।

प्रकाशित: २० असार २०७४ १२:०५ मंगलबार