राजनीति

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक दिउँसो १ बजेबाट शुरु हुनेछ। 

आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले संविधानअनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष प्रस्तुत गर्ने कार्यसूचि छ।

प्रकाशित: १८ श्रावण २०८० ०३:२७ बिहीबार

राष्ट्रिय सभाको बैठक