राजनीति

संवैधानिक परिषद्को बैठक बिहीबार बस्ने

फाइल तस्बिर

संवैधानिक परिषद्को अर्को बैठक यही साउन १८ गते बिहीबार ५ बजे बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठक भने निष्कर्ष विहीन टुङ्गिएको छ। 

संवैधानिक परिषद्को बैठक पुनः बस्नेगरी आजको बैठक टुङ्गिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद  तिमिल्सिनाले जानकारी दिए। प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो। आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित: १६ श्रावण २०८० १४:१८ मंगलबार

संवैधानिक परिषद् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गणेशप्रसाद तिमिल्सिना संवैधानिक परिषद्को बैठक बिहीबार बस्ने