राजनीति

कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन्।

थापालाई मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। 

थापाले प्रदेशसभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै मंगलबार साझ प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए। 

उनलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरुले समर्थन गरेका छन्। 

प्रकाशित: १६ श्रावण २०८० ११:३२ मंगलबार

उद्धव थापा कोशी प्रदेश