राजनीति

पाँचथरमा काँग्रेसको १ जीत ४ अग्रता, एमालेको २ जीत १ अग्रता

पाँचथर— पाँचथरका तीन स्थानिय तहको नतिजा सार्वजनिक भएको छ। जसमा एमाले दुई र एकमा काग्रेस विजयी भएको छ। बाँकी ५ स्थानिय तहमध्ये ४ वटामा काँग्रेसको अग्रता छ भने एमालेको दुई स्थानमा अग्रता छ।

तुमेवा गाँउपालिकामा काग्रेसले जितको छ। यस्तै कुम्मायक र हिलिहाङ एमाले विजयी भएको छ। फिदिम नगरपालिकामा काँग्रेस अगाडि  छ। फिदिमको प्रमुख पदका उम्मेद्वार ओनाहाङ नेम्वाङले ४६२ मतले एमालेका राजकुमार भण्डारीलाई पछि पारेका छन्। उपप्रमुखमा एमालेकी मुना नेम्वाङले ३३ ले काग्रेसकी उर्मिला श्रेष्ठलाई पछि पारेकी छन्।

फिदिमका तीन वार्डमा काग्रेस, २ वार्डमा माओवादि र एक वार्डमा एमालले जितको छ। यस्तै फाल्गुनन्द, फालेलुङ, याङवरक गाँउपालिका काग्रेस अगाडी छ । यस्तै मिक्लाजुङ गाँउपालिकामा एमाले अगाडी छ।
 

प्रकाशित: १७ असार २०७४ ०९:१९ शनिबार