राजनीति

प्रतिनिधिसभा बैठक साउन २२ गतेसम्म स्थगित

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।

सोमबार सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित गरिएको हो।

प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने तय भएको थियो।

क्विन्टल सून तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर संसद् अवरोध गर्दै आएको छ।  

प्रकाशित: १६ श्रावण २०८० ०९:१६ मंगलबार

प्रतिनिधिसभाको बैठक