राजनीति

फिदिमको प्रतिस्पर्धा रोचक, कांग्रेस ३४ मतले अगाडि

पाँचथर- फिदिम नगरपालिकाको प्रतिस्पर्धा निक्कै रोचक बन्न पुगेको छ। थोरै थोरैमात्र मतअन्तर छ। विहानसम्म नेकपा (एमाले) अगाडी भएपनि पछिल्लो समयमा काग्रेसको अग्रता कायम छ। कांग्रेसका मेयर पदका उम्मेद्वार ओनाहाङ नेम्वाङ ३४ मतले अगाडि रहेका छन्।

नेम्वाङले १३७९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीको १३४५ मत रहेको छ। उपमेयरमा भने कांग्रेस पछाडि परेको छ । एमालेकी मुना नेम्वाङले ९३ मतले अग्रता लिएकी छन् । नेम्वाङले १३६९ मत प्राप्तग गरेकी हुन छन् भने काग्रेसकी उर्मिला श्रेष्ठले १२७६ मत प्राप्त गरेकी छन् । १४ नम्बर वार्डको गणना सकिएको छ । अहिले फिदिम बजार रहेको १ नम्बर, १घ र २ नम्बरको गणना भइरेहको छ । १ र २ मा काग्रेस १३ मा माओवादि अगाडी  छ । १४ नम्बरमा भने एमालेले जितिसकेको छ ।

प्रकाशित: १६ असार २०७४ ०९:४० शुक्रबार