बझाङ – बझाङको जयपृथ्वी नगरपालिकाको वडा नं ३ मा पुनः मतदान भएको छ ।
१४ गते मतदानका क्रममा सामान्य विवादका कारण नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेद्वारलाई एमाले कार्यकर्ताले कुटपिट गरेपछि मतदान स्थगित भएको थियो ।
नेपाली सेना, प्रहरी लगायतको कडा सुरक्षा घेरामा भइरहेको मतदानमा हालसम्म ८८७ मत खसेको छ । जम्मा १३१४ मतदाता रहेको उक्त केन्द्रबाट अरुको नामबाट मतदान गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित: १६ असार २०७४ ०८:५२ शुक्रबार