राजनीति

मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारमा थप दुई मन्त्रीले पदको शपथ ग्रहण गरेका छन्। सोमबार प्रदेश प्रमुख हरिशंकर मिश्रले दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

नेपाली काँग्रेसबाट मोहम्मद समिम गृह, सञ्चार तथा कानुन र जनमत पार्टीबाट चन्दन कुमार सिंहले श्रम तथा यातायात मन्त्रीको शपथ लिएका हुन्।

आज मन्त्री पदमा शपथग्रहण गरेका मोहम्मद समिम सप्तरी निर्वाचन क्षेत्र-३ को 'क' बाट निर्वाचित हुन् भने चन्दन सिंह जनमतबाट समानुपातिक सांसद हुन्।

प्रकाशित: १५ श्रावण २०८० १२:३६ सोमबार

मधेश प्रदेश