राजनीति

कर्णाली प्रदेशसभाको नियमावली संशोधन हुने

कर्णाली प्रदेश सभाको संसद् भवन। तस्बिर: गोविन्द केसी/नागरिक

कर्णाली प्रदेश सभा नियमावलीलाई संशोधन गर्न समिति गठन भएको छ।

आइतबार बसेको प्रदेश सभा बैठकमा सांसद हिक्मतबहादुर विष्टले संशोधन समितिका लागि प्रस्ताव पेश गरेका थिए। नेपाली काँग्रेसका सचेतक शाहीले प्रस्ताव गरेको समितिको नेकपा एमाले सांसद टेकराज पछाईले समर्थन जनाए।

प्रदेश सभा नियमावली समयानुकूल संशोधन गर्नुपर्ने अवस्था रहेकाले समिति गठन भएको हो। समितिले तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्नेछ। नियम २३६ बमोजिम उपनियम ३ बमोजिम गठित समितिको सदस्यमा कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर शाही, पुर्णबहादु खत्री, महेन्द्र केसी, रनसिंह परियार, विनोद कुमार शाह, सन्तोषी शाही र हिक्मतबहादुर विष्ट रहेका छन्।

नियमावली संशोधन समिति गठनका लागि संसद्मा प्रस्ताव भई निर्माणार्थ प्रस्तुत भएको थियो। प्रस्तुत प्रस्तावलाई संसद्को बहुमत सदस्यद्वारा अनुमोदन भएको सभामुख नन्दा गुरुङले सुनाइन्।

प्रकाशित: १५ श्रावण २०८० ०९:२४ सोमबार

कर्णाली प्रदेश