राजनीति

सुन प्रकरण छानबिनमा सहमति नहुँदा स्थगित भयो संसद्

फाइल तस्बिर।

शीर्ष नेताहरूको पटक–पटकको वार्तापछि पनि संसद् सुचारु हुन सकेन। सोमबार एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण फेरी स्थगित भएको छ।

उक्त बैठक बस्दै नबसी स्थगित भएको हो। नेकपा एमालेले एक  क्विन्टल सुन प्रकरणमा छानबिनका लागि उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।

उच्च स्तरीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको भन्दै एमालेले संसद् बैठक अवरुद्ध गर्ने रणनीति लिएको हो। गत साउन १० पनि एमालेले समिति गठनको माग राखेर बैठक चल्न दिएको थिएन। संसद् पुरै अवरुद्ध भएको थियो।

सोमबार पनि एमालेले त्यही अडान राखेपछि बैठक स्थगित भयो। तर सुरु नै नभई किन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको संसद् सचिवालयले जानकारी दिएको छ।

संसद् खुलाउने विषयमा आइतबार, सोमबार पटक–पटक सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूबिच छलफल भइरहेको थियो। तर ती छलफल सार्थक भएनन्।

प्रकाशित: १५ श्रावण २०८० ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App