राजनीति

आजको प्रतिनिधि सभामा एमाले सांसद रायमाझीको पद निलम्बनकाे जानकारी गराइने

प्रतिनिधिसभा बैठक बस्दै छ।  संघीय संसद् भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ। आजको बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।  

त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्गले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। यसै गरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाइने भएको छ ।

प्रकाशित: १५ श्रावण २०८० ०२:२९ सोमबार

प्रतिनिधि स भा एमालेका सांसद टोपबहादुर रायमाझी