राजनीति

राष्ट्रपतिले गरे मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्।

शुक्रबार राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी (मुलुकी संहिता)  केही नेपाल ऐनलाई संशोधन गर्न बनेको सो विधेयक प्रमाणीकरण गरेका हुन्।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिएकी छन्।  

प्रकाशित: १२ श्रावण २०८० ०८:५४ शुक्रबार

राष्ट्रपति रामचन्द्र पौडेल मिटर व्याज सम्बन्धी विधेयक