राजनीति

कस्ताे रह्याे प्रधानमन्त्रीको इटाली भ्रमण?

झण्डै एक सातादेखि प्रधानमन्त्री पुष्पकमल दाहाल देश बाहिर छन् । दाहाल यही शनिबार इटालीको राजधानी रोमतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री शुक्रबार (आज) विहान १० वजे काठमाडौं फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिबालयले जनाएको छ ।

यही साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसघीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन दाहाल इटालीतर्फ प्रस्थान गरेका थिए । रोममा हुँदा दाहालले रंगशाला अबलोकन देखिसंयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा दाहालकी छोरी गंगा दाहाल तथा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल सहभागी छन् । यसैगरी राष्ट्रिय योजना आयोगका सदस्य डा.जयकान्त राउत लगायतका सरकारका उच्च अधिकारीहरू पनि प्रधानमन्त्रीको टोलीमा सहभागी छन् । दाहालकी पुत्री गंगा दाहालले बिहीबार सामाजिक सञ्जालमा फोटो पोष्ट गर्दै प्रधानमन्त्रीले बिहीबार इटलीको रोममा रहेको रंगशालाको अबोलकन गरेको जानकारी गराएकी छिन् ।

प्रधानमन्त्रीले सोमबार अति कम विकसित राष्ट्रह?को (४९) समुहको अध्यक्षको तर्फबाट रोममा आयोजित संयुक्त राष्ट्रसंघको (फुड सिस्टम समिट) खाद्य प्रणाली सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा उनले कृषि उत्पादकत्व दोब्बर बनाउने तथा दिगो खाद्य उत्पादन प्रणाली सुनिश्चित गर्ने विषयमा बोलेका थिए । यसैगरी उनले उक्त सम्मेलनमा पर्यावरणीय प्रणाली जोगाउन मद्दत गर्ने लचिलो कृषि अभ्यास लागू गर्ने प्रतिबद्धता जनाएका थिए । सभालाई सम्बोधन गर्ने क्रममा दाहालले जलवायु परिवर्तन र अन्य प्रकोपसँग अनुकूलनकालागि क्षमता सुदृढ गर्न र अतिकम विकसित मुलुकको कृषिमा लगानी बढाउने चर्चा गरेका थिए ।

मंगलबार प्रधानमन्त्री रोममा आयोजित यूएन फुट सिस्टम समिट कार्यक्रममा सहभागी भएका थिए । यसैगरी मंगलबार उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस बिच भेटवार्ता गरेका थिए । इटलीमा प्रधानमन्त्रीको औपचारिक कार्यक्रम दुई दिनको मात्र हो । तर उनी झण्डै एक साता रोममा विताए । यस अवधिमा उनले केही समय रोममा घुमफिरमा बिताएका थिए ।

परराष्ट्र स्रोतका अनुसार यस्तो कार्यक्रममा यसअघि नेपालको तर्फबाट कुनै पनि प्रधानमन्त्री सहभागी भएका थिएनन । त्यसैले यस्तो कार्यक्रममा नेपालको तर्फबाट प्रधानमन्त्री सहभागी भएको यो पहिलो कार्यक्रम हो । परराष्ट्र स्रोत भन्छ, यस्तो कार्यक्रममा कृषिमन्त्री उपस्थिति भए पनि पुग्ने थियो । तर यसपटक प्रधानमन्त्री आफै कार्यक्रममा सहभागी भएका छन् ।

प्रशासनवीद्हरू भने नगइ नहुने आवश्यक कार्यक्रमहरूमा बाहेक अन्य कार्यक्रमहरूमा प्रधानमन्त्री तथा मन्त्रीहरू विदेश भ्रमणमा जाँदा देशको साधारण खर्च मात्र बढ्ने, त्यसबाट देशकोलागि खाशै उपलब्धी नहुने बताउछन ।

प्रधानमन्त्रीले यही जेठ महिनामा भारत भ्रमण गएका थिए । भारत भ्रमणमा गएको दुई महिना पूरा नहुदै उनी युरोप भ्रमणमा पुगेका छन । निकट भविषमा प्रधानमन्त्री चीन भ्रमणको तयारी रहेको स्रोतको भनाइ छ । त्यसैले प्रधानमन्त्रीको यस भ्रमणको उदेस्य खाद्य प्रणाली कार्यक्रममा सहभागी हुनुभन्दा पनि राजनीतिक र रणनीतिक उदेस्यबाट भएको धेरैले अनुमान गरेका छन् । 

प्रकाशित: १२ श्रावण २०८० ०३:४६ शुक्रबार