राजनीति

कार्यवाहक प्रम खड्काद्वारा वीरेन्द्र सैनिक अस्पतालको निरीक्षण

कार्यवाहक प्रधानमन्त्रीमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आज वीरेन्द्र सैनिक अस्पताल छाउनीको स्थलगत निरीक्षण गरेका छन्।

कार्यवाहक प्रधानमन्त्री खड्काले अस्पताल निरीक्षणका क्रममा अस्पतालबाट भइरहेको सेवा प्रवाहबारे अस्पतालका विभिन्न विभागमा पुगेर जानकारी लिएका थिए। यस्तै सेवाग्राही तथा अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा अन्य कर्मचारीहरूसँग पनि छलफल गरेका थिए।

अस्पतालको स्थलगत निरीक्षणमा कार्यवाहक प्रधानमन्त्री खड्कासँगै नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा सहितका उच्च सैनिक अधिकारीहरु पनि सहभागी थिए।

अस्पताल निरीक्षणका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले सीमित श्रोत साधन र भौतिक संरचनाका बाबजुद अस्पतालबाट सन्तोषसजन सेवा प्रभाव भइरहेको भन्दै खुसी व्यक्त गरे। उनले अस्पतालबाट एकीकृत रुपमा अझ बढी गुणस्तरीय सेवा दिन पनि आग्रह गरे।

देशमा देखिएको आर्थिक समस्याका कारण सरकारले पनि चाहे जति सहयोग गर्न सक्ने अवस्था नभए पनि प्राथमिकताका आधारमा अस्पताललाई अझै सुविधा सम्पन्न बनाउन र अझ गुणस्तरीय सेवा प्रभावका लागि सरकारले आवश्यक सहयोग गर्ने उनको भनाइ थियो।

प्रकाशित: ११ श्रावण २०८० १५:२३ बिहीबार