राजनीति

सांसद तोसिमा कार्कीले विज्ञापन गरेर मागिन् स्वकीय सचिव

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी छन्।

सांसद कार्कीले बिहीबार विज्ञापनमार्फत स्वकीय सचिवको आवेदन दिन सूचित गरेकी हुन्।

उनले कानुन, राजनीतिक शास्त्र वा समाजशास्त्र वा अन्तराष्ट्रिय सम्बन्धमा स्नातक गरेकाले स्वकीय सचिवमा आवेदन दिन सक्ने जानकारी दिएकी छन्।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले पनि सार्वजनिक रूपमा विज्ञापन गरेर स्वकीय सचिव मागेकी थिइन्।  

प्रकाशित: ११ श्रावण २०८० ०७:२० बिहीबार

सांसद डा.तोसिमा कार्की