राजनीति

‘संविधान संशोधन नभए पनि राजपा निर्वाचनमा सहभागी हुन्छ’

फाइल फाेटाे

महेन्द्रनगर – प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन नभएपनि स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल सहभागी हुने बताएका छन् ।  

दोश्रो चरणको निर्वाचन प्रचारका लागि महेन्द्रनगर आइपुगेका देउवाले नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा संविधान संशोधन लागि प्रयास भइरहेको र  संविधान संशोधन नभएपनि राजपा तेश्रो चरणको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे । 

‘दोश्रो चरणको निर्वाचन पछि संविधान संशोधनको प्रयास गरिन्छ, दुई तिहाइ नपुगेर संशोधन नभएको होल यस विषयमा एमालेसँग पनि कुरा गरेर संविधान संशोधनलाई निष्कर्षमा पुर्‍याउनका लागि सरकार मेरो पार्टीले प्रयास गर्छ ।’ उनले भने, ‘ मधेसी र आदिवासीको केही असन्तुष्टि छ, संविधान संशोधनले उक्त विवाद र झगडा सधैँका लागि समाप्त हुन्छ । संविधान कार्यान्वयनका लागि तीनै चरण को निर्वाचन आवश्यक छ त्यसका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्छ ।’ 

उनको आज जोगबुढा, बेलौरी हुँदै गृहनगर जाने कार्यक्रम रहेको छ । त्यसैगरी आजै महेन्द्रनगरको चुनावी सभालाई सम्वोधन गर्न एमाले नेता माधव नेपाल महेन्द्रनगर आउँदैछन् । उनले महेन्द्रनगरको स्मारक चोकमा आयोजना हुने सभा सम्वोधन गर्नेछन् । उक्त ठाउँमा  शुक्रबार प्रधानमन्त्री देउवाले सम्बोधन गरेका थिए । 

 

प्रकाशित: १० असार २०७४ ०४:०६ शनिबार