राजनीति

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राखेका थिए।

महामन्त्री विश्वप्रकाश शर्माले  नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गरे। उनले भने, ‘नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ।’ मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो।

केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसक्नुभएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्नेमा जोड दिइन।

पार्टी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल, रामहरि खतिवडा र अर्जुननरसिंह केसीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित: १० श्रावण २०८० १४:४१ बुधबार

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ