राजनीति

कांग्रेसले कार्य समितिको निर्णयमा छुटेका महत्वपूर्ण प्रस्तावहरु पनि समेट्ने

नेपाली कांग्रेसले बुधबार साँझको बैठकमा सार्वजनिक गरेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णहरुमा नसमेटिएका प्रस्तावहरु समेटेर सबै निर्णयहरु पुनः सार्वजनिक गर्ने भएको छ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समितिका निर्णयहरु सुनाएपछि उपस्थित केही केन्द्रीय सदस्यहरुले प्रस्तावहरु छुटेको भन्दै आपत्ति जनाएका थिए। त्यस लगत्तै केही सदस्यहरुले छुटेको प्रस्तावहरुको महत्व र फेहरिस्त प्रस्तुत गरेपछि सभापति देउवाले सबै प्रस्तावहरुमा पुनः विचार गरेर निर्णयमा समावेश गर्ने जानकारी दिएका थिए।  

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई छुटेका महत्वपूर्ण प्रस्तावहरु निर्णयमा समावेश गर्ने सन्देश उपस्थित केन्द्रीय सदस्यहरुलाई दिन निर्देशन दिएका थिए।

उपसभापति खड्काले भने, ‘आएका निर्णयहरुमा केही मिलाउनुपर्ने सुझाव आएको छ। निर्णयहरु मिलाउने, थप्ने र सुधार्न सुझावहरु आएको छ । सबै सुझावहरु अघिल्ला बैठकहरुमा जसरी टिपोट गरिएको छ। तीनलाई पछि समेटिने छ।’

प्रकाशित: १० श्रावण २०८० १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App