राजनीति

अाेखलढुंगाका ६ पत्रकार चुनावी मैदानमा

काठमाडौं – आसन्न स्थानीय तहको चुनावमा ओखलढुंगा जिल्लामा ६ पत्रकार चुनावी मैदानमा उत्रिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्षदेखि स्थानीय सञ्चार माध्यममा काम गर्ने पत्रकार चुनावी मैदानमा उत्रिएका हुन्।

नेपाल पत्रकार महासंघ जिल्ला शाखाका अध्यक्ष दिपेन्द्र रुम्दाली संघीय समाजबादी फोरमको तर्फबाट माने भञ्ज्याङ गाँउपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएका छन्।

मिडिया नेपालका अध्यक्ष पदम बहादुर कार्की राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चम्पादेबी गाँउपालिकाको उपप्रमुख पदमा उम्मेदवार दिएका छन् । उनी जिल्लाकै उपप्रमुख पद मध्येका कान्छा उम्मेदवार हुन् ।

रमाइलो सामुदायिक रेडियोका पत्रकार अन्जु घिसीङ मोलुङ गाँउपालिकाको उपप्रमुख उठेकी छिन् ।  त्यसैगरी नबराज खड्का सुनकोशी गाँउपालिका वडा नं ३ को वडाध्यक्षमा उम्मेदवार दिएका छन् । उनीहरु दुवै जना माओवादी केन्द्रबाट चुनावी मैदानमा छन् ।

त्यसैगरी पिके मिडियामा आवद्ध पत्रकार कर्म शेर्पा पनि चुनावी मैदानमा छन् । सिद्धिचरण नगरपालिका वडा नम्बर ६ को वडाध्यक्ष पदको लागि मैदानमा छन् । संघीय समाजवादी फोरमबाट उनी चुनावी मैदानमा उत्रिएका हुन् ।

मोलुङ गाँउपालिका वडा नं ७ को वडा सदस्य महासंघ जिल्ला शाखाका सदस्य बाबु शेर्पा सदस्य पदको लागि चुनावी मैदानमा छन् । उनी नेपाली कांग्रेसबाट चुनावी मैदानमा उठेका हुन् । उनी शेर्पाखबर साप्तिाहिकमा आवद्ध छन्।

प्रकाशित: ८ असार २०७४ १०:०५ बिहीबार