राजनीति

भोजपुरका दुई नगरमा मेयरका उम्मेदवार १६ जना

एक्सन राई

भोजपुर- स्थानीय तह निर्वाचनमा भोजपुरको दुई वटा नगरपालिकामा मेयरमा १६ जना र उपमेयरमा १४ जनाको उमेदवारि परेको छ। सबैभन्दा ठूलो षडानन्द नगरपालिकामा ७ जनाको मेयरमा उमेदवारि परेको छ।

नेपाली कांग्रेसका बिरबल राई नेकपा एमालेका सुरेन्द्रकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट भिमबहादुर तामाङको उमेदवारी परेको छ। संघीय समाजवादीबाट गणेशकुमार थापाको उमेदवारी परेको षडानन्दमा दुई जनाले स्वतन्त्र उमेदवारी दिएका छन्। स्वतन्त्र उमेदवारी दिनेमा राजकुमार राई र ताराबहादुर बस्नेत छन्। स्वतन्त्र उमेदवार दिएका ताराबहादुर बस्नेत नेकपा माओवादीका हुन्।

उपमेयरमा नेपाली कांग्रेसका सीता श्रेष्ठ, नेकपा एमालेका मेरिका राई नेकपा माओवादीबाट प्रमिला राईको उमेदवारी परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले उपमेयरमा जितकुमारी राईलाई उठाएको छ भने देवी श्रेष्ठले स्वतन्त्र उमेदवारी दिएका छन्।

भोजपुर नगरपालिकामा मेयरमा दुई स्वतन्त्रसहित ९ जनाको उमेदवारी परेको छ। नेपाली कांग्रेसका कैलाशकुमार आले, नेकपा एमालेका गाणेशकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट शरणकुमार तामाङ र संघीय समाजवादीबाट अर्जुन राईको उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भोजपुर नगरपालिकामा साना पार्टिको तर्फबाट समेत उमेदवारी परेको छ। नेपाल परिवार दलको तर्फबाट धनबहादुर तामाङ, खम्बुवान राष्ट्रिय मोर्चाबाट लक्ष्मी देवि राई र जनजागरण पार्टीबाट दिब्यराज विश्वकर्माको उमेदवारी परेको हो।

जितकुमार राईले स्वतन्त्रबाट उमेदवारी दिएका हुन्। उपमेयरमा आठ जनाको उमेदवारी परेको छ। नेपालि कांग्रेसले कृतिकुमारी कार्की, नेकपा एमालेले ममिता राई, नेकपा माओवादी केन्द्रले मनिका राई र संघीय समाजवादीले मातृका राईलाई उमेदवार बनाएको हो। नेपाल परिवार दलले शान्ति राई खम्बुवान राष्ट्रिय मोर्चाले महेन्द्र कुमार विश्वकर्मालाई र जनजागरण पार्टीले उषा विश्वकर्मालाई उमेदवार बनाएको हो।

प्रकाशित: ५ असार २०७४ १०:३७ सोमबार