राजनीति

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्: जीवन परियार

फाइल तस्बिर

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरूको गठन गर्दा राजनीतिक सन्तुलन कायम गर्न आग्रह गरेका छन।

आज पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सहमहामन्त्री परियारले पार्टीको भ्रातृ संस्थाहरू गठन गर्दा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाए। उनले अघिल्लो केन्द्रीय कार्यसमिति बैठकले भ्रातृ संस्था बनाउँदा नेताहरुसँग आवश्यक परामर्श गरी गठन गर्ने निर्णय गरेपनि नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दलआदिवासी जनजाति महासंघ र किसान महासंघ बनाउँदा संस्थापनले एकपक्षीय रुपमा गरेको उल्लेख गरे।

 नेता परियारले आगामी दिनमा भ्रातृ संस्था गठन गर्दा संस्थापन र संस्थापन इतर समूहको सन्तुलन कायम गर्न अनुरोध गरे। सहमहामन्त्री परियारले दलित समुदायलाई गत निर्वाचनमा टिकट नदिइएको भन्दै आपत्ति पनि जनाए।  

प्रकाशित: ७ श्रावण २०८० ११:१५ आइतबार

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्: जीवन परियार