काठमाडौं – पूर्व सभामुख दमननाथ ढुंगानाले नेपालको संघात्मक व्यवस्थाले न राष्ट्रपतिय पद्धति न संसदीय व्यवास्था अँगालेको बताएका छन्। तारानाथ घिमिरेद्वारा लिखित ‘नेपामा संङ्घात्मक व्यवस्थाः अवधारणा र औचित्य’ पुस्तकको बिहीबार विमोचन गर्दै ढुंगानाले संविधानका यस्ता विशेषताले गर्दा यसको प्रभावकारी कार्यान्वयन जटिल भएको बताए।
लेखक डा. घिमिरेले संघीयता नेपालका कुनै पनि राजनीतिक आन्दोलनको माग नभए तापनि २०६३ सालको अन्तरिम संविधानको संसोधनमार्फत् घुमाउरो बाटोबाट प्रवेश गरेको र यो पूर्व तयारी र अध्ययनबिना अंगिकार गरेको बताए।
उनले नेपालमा संघीयता विभिन्न जात जाति भाषभाषी, भुगोलका जनताको समानताको चाहना अनुरुप लागू भएको बताउँदै यसको सार्थक कार्यान्वयनका लागि जोड दिए। उक्त पुस्तक सह–प्रध्यापक घिमिरेले सोही विषयमा आधारित भएर गरेको विद्यावारिधी सोधमा आधारित छ।
पुस्तकमाथि टिप्पणी गर्दै संविधानविद्ध काशीराज दाहालले नेपालको नयाँ संविधानमा स्वीकार्यता साथसाथै प्रशासनिक तथा वित्त व्यवस्थापन प्रमुख चुतौति रहेको औंल्याए। उनले संघियताको अध्ययनका लागि उक्त पुस्तक एक नविन र महत्वपूर्ण दस्तावेज भएको बताए।
कार्यक्रममा आफ्नो धारणा राख्दै लेखक डा. घिमिरेले संघीयता नेपालका कुनै पनि राजनीतिक आन्दोलनको माग नभए तापनि २०६३ सालको अन्तरिम संविधानको संसोधनमार्फत् घुमाउरो बाटोबाट प्रवेश गरेको र यो पूर्व तयारी र अध्ययनबिना अंगिकार गरेको बताए।
प्रकाशित: १ असार २०७४ १३:५५ बिहीबार