राजनीति

प्रदेश नं. २ मा असोज २ गते चुनाब गर्ने सरकारको निर्णय

काठमाडौं— दुई नम्बर प्रदेशमा आगामी असोज २ गते निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ। असार १४ का लागि चारवटा प्रदेशमा निर्वाचन तोकेकोमा सरकारले प्रदेश नं.२ लाई असोजमा धकेलेको हो।

'मन्त्रिपरिषदले दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्ने निर्णय गरेको छ', श्रममन्त्री फरमुल्लाह मन्सुरले नागरिकन्युजसँग भने, 'असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति असार ४ गतेसम्म सार्न  निर्वाचन आयोगलाई प्रस्ताव गर्ने निर्णय भएको छ।'

मन्त्रिपरिषदले प्रदेश नं. १, ५ र ७ मा निर्धारित असार १४ मै निर्वाचन गर्ने र त्यसका लागि उम्मेदवार मनोनयन मिति असार ४ गतेसम्म सार्न निर्वाचन आयोगलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको छ।

'मन्त्रिपरिषदले दुई नम्बर प्रदेशमा असोज २ गते निर्वाचन गर्न निर्णय गरेको छ', श्रममन्त्री फरमुल्लाह मन्सुरले नागरिकन्युजसँग भने, 'असार १४ मा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनको मिति असार ४ गतेसम्म पुर्‍याउन निर्वाचन आयोगलाई प्रस्ताव गर्ने निर्णय भएको छ।'

बिहीबार बिहान सत्तारुढ गठबन्धन र राजपाबीच भएको बैठकपछि चुनाब सार्ने निर्णय भएको थियो। राजपाले प्रदेश नं. ५ का तीन जिल्लामा पनि चुनाब सार्न माग गर्दै आएको छ।

निर्वाचन सार्ने निर्णयप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने कडा आपत्ति जनाएको छ। 'दुई नं. प्रदेशमा चुनाब स्थगन गरेर सत्तारुढ गठबन्धनले मुलुक विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध' गरेको  निष्कर्ष एमालेले गरेको थियो।

प्रकाशित: १ असार २०७४ ११:५० बिहीबार

प्रदेश नं. गते चुनाब गर्ने सरकारको निर्णय