राजनीति

प्रमुख तीनदलसँग राजपाको बैठक जारी

काठमाडौँ  – दोश्रो चरणको निर्वाचन बिथोल्न राजपा नेपालले गरेको बन्दले तराईको जनजीवन प्रभावित भइरहँदा तीन दल भने समहमति जुटाउन सिंहदरबारमा राजपासँग बैठकमा छ । 

राजपाका नेताहरू महन्थ ठाकुर, महेन्द्र राय यादव, शरतसिंह भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरू सहभागी भएको बैठकमा स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा राजपाको सहभागिताका लागि के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ । 

राजपाले निर्वाचनमा सहभागी हुन संविधान संशोधनको पूर्व शर्त राखेको छ । 

प्रकाशित: ३१ जेष्ठ २०७४ ११:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App