राजनीति

काँग्रेसबाट विराटनगर मेयर उम्मेदवारमा पराजुली

काँग्रेसका विराटनगर मेयर प्रत्यासी पराजुली

काठमाडौं— स्थानीय तह निर्वाचन दोस्रो चरणका लागि नेपाली काँग्रेसले बुधबार दुई नम्बर प्रदेशबाहेकका स्थानमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीसहितको बैठकले मोरङ र दाङका नगरपालिकाका मेयर उम्मेदवार छनौट गरेको हो।

बैठकले विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपमेयरमा भने कसैको नाम टुंगो नभएको केन्द्रीय कार्यालय स्रोतले जनायो। पराजुली नेपाली काँग्रेस विराटनगरका सभापति हुन्।

दुई पटक लगातार नगरसभापतिमा विजयी भएका उनी विद्यार्थी जीवनदेखि नै काँग्रेसको राजनीतिमा आवद्ध छन्। उनी शेरख कोइराला निकट मानिन्छन्।
 

प्रकाशित: ३१ जेष्ठ २०७४ ११:४० बुधबार

काँग्रेसबाट विराटनगर मेयर उम्मेदवारमा पराजुली