राजनीति

महामन्त्री थापाले गरे थप २२ विभागको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र थप २२ वटा विभाग गठन गर्न प्रस्ताव गरेका छन्।

करिब एक वर्षपछि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको केन्द्रीय कार्यसमितिको बैठकमा २२ वटा विभाग थप्ने प्रस्ताव गरेका हुन्। अहिले ४८ वटा विभाग भएकोमा त्यसलाई बढाएर ७० वटा विभाग बनाइएको छ।  

उनले यी सबै विभागको गठन र पूर्णता दिने काम भदौ १५ गतेसम्म सक्ने जानकारी पनि दिए।

उनको प्रस्ताव अनुसार विभागमा ५१ जना सदस्य रहनेछन्। यो समावेशी हुनेछ। पदाधिकारी र सदस्यमा कम्तिमा एक तिहाई महिला हुनुपर्छ। १८ देखि ३० बर्ष उमेर समूहका व्यक्ति कम्तिमा ३० प्रतिशत हुनुपर्ने र कम्तिमा ३० प्रतिशत विज्ञ सदस्य हुनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

प्रकाशित: २ श्रावण २०८० ०९:२६ मंगलबार

महामन्त्री गगनकुमार थापा