राजनीति

निर्वाचनको मिति सार्न राजपाको आग्रह, सत्ता गठवन्धनद्वारा अस्विकार

काठमाडौं- राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न गरेको आग्रहलाई सात्तारुढ दलले अस्विकार गरेका छन्।

शनिबार प्रधानमन्त्री सहित, नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका शीर्ष नेताहरुबीच सिंहदरबारमा बैठक बसेको थियो।

राजपाले निर्वाचनमा सहभागि हुनको लागि आफुले उठाउँदै आएका राजनीतिक विषयहरु सम्बोधन हुनु पर्ने, क्षतिपुर्तिको विषय र जेलमा रहेकाहरुको रिहाइ तथा मुद्दा फिर्ता, निर्वाचनको मिति सार्नुस पर्ने जस्ता विषय उठाएको थियो।

'राजपाले चुनावको लागि राजनैतिक मुद्दा सम्बोधन हुनु पर्ने र त्यसका लागि चुनावको मिति पुनःसार्ने प्रस्ताब राख्यो।हामीले त्यसलाई अस्विकार गर्यौ', बैठक पछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भनेका छन्।

'सरकार,नेका,माके र राजपाकोबीचमा अहिले भएको बार्ता सफल हुन सकेन।भोलि बिहान सम्म यथास्थिती कायम रहेमा स्थानीय चुनाबमा राजपा सहभागी नहुने भयो', श्रेष्ठले ट्विट गर्दै भनेका छन्।

यस अघि सरकारले जेठ ३१ को लागि तय गरेको स्थानीय तह निर्वाचन असार ९ गतेको लागि सारेको थियो। त्यस पछि सरकारले असार १४ लाई मिति तय गरेको थियो।

प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको निर्वचन सम्पन्न भइसकेको छ भने अब प्रदेश नं १, २, ५ र ७ मा दोस्रो चरणको निर्वाचन हुँदैछ।

 

प्रकाशित: २७ जेष्ठ २०७४ ०८:३८ शनिबार

निर्वाचनको सार्न राजपाको आग्रह सत्ता गठवन्धनद्वारा अस्विकार