राजनीति

रास्वपाका उपसभापति डिपी अर्याललाई धम्की दिने युवक पक्राउ

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सोमबार पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अर्याललाई  म्यासेजमार्फत् धम्की  दिएको आरोपमा एक जनालाई पक्राउ गरेको जानकारी दिएका हुन्।

असार १९ गते राति १:२६ बजे मेसेजमार्फत धम्की दिएको भन्ने बेहोराको उजुरी प्राप्त भएपछि त्यसको भोलिपल्ट असार २० एक व्यक्ति पक्राउ गरिएको उनले बताए।

पक्राउ पर्नेमा खोटाङको मजुवागढी रूपाकोट नगरपालिका-९ घर भई काठमाडौंको बुढानीलकण्ठ बस्दै आएका ३८ वर्षीय विजय कालिकोटे रहेका छन्।

उनीविरूद्ध थप अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए।

प्रकाशित: १ श्रावण २०८० ०८:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App