राजनीति

जर्मन सरकारले १ अर्ब ८५ करोड सहयोग गर्ने

काठमाडौं- नेपाल र जर्मनीबीच १ करोड ६० लाख युरो (करिब १ अर्ब ८५ करोड रुपैयाँ) आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा शुक्रबार नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र जर्मनीका तर्फबाट नेपालका लागि जर्मनीका राजदूत माथियस मेयरले हस्ताक्षर गरेका थिए।

गत वर्ष जर्मन सरकारले प्रतिबद्धता जनाएअनुसार उक्त आर्थिक सहयोग नेपाललाई उपलब्ध गराइएको हो। उक्त सहयोग ऊर्जा परियोजनामा खर्च गरिने नेपाल र जर्मनद्वारा शुक्रबार जारी संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। जसअनुसार लेखनाथ–दमौली २२० केभीको 'डबल सर्किट' प्रसारण लाइन निर्माणमा उक्त रकम खर्च गरिने छ।

प्रकाशित: २७ जेष्ठ २०७४ ०२:१३ शनिबार

जर्मन सरकारले अर्ब ८५ करोड गर्ने